१४ आश्विन २०८१, सोमबार

बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबामा गुडिरहेको जिपमाथि ढुङ्गा खस्यो, ३ जना घाइते

प्रकाशित मिति :  7 August, 2023 8:12 am


रुपन्देही । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका छन् ।

तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्समा गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको जिपमा माथिबाट बिहान साढे ६ बजेतिर एक्कासी ढुङ्गा खस्दा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !