१४ आश्विन २०८१, सोमबार

संसदमा प्रभावकारी भूमिका निभाउन सांसदहरूलाई प्रधानमन्त्री दाहालको निर्देशन

प्रकाशित मिति :  7 August, 2023 12:07 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफनो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरूलाई संसदभित्र आ–आफ्नाे भुमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन् । उनले अवद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरूसँग छलफल गर्ने पनि बताएका छन् ।

बैठकपछि सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हिताज पाण्डेले सांसदहरूलाई सुशासन, समृद्धि सामाजिक न्याय सहितको रूपान्तणका लागि संसदमा माओवादी केन्दको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी दिए । दाहालले सभामुखसँग दलको शिर्ष नेताहरूको बैठकपछिको विकसित घटनाक्रमहरूको बारेमा सांसदहरूलाई आवश्यक जानकारी पनि गराउने बताए ।

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ । त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक (संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक) दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !