१५ आश्विन २०८१, मंगलबार

एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित

प्रकाशित मिति :  7 August, 2023 1:50 pm


काठमाडौँ । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेले आज पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।

एमालेको अवरोधपछि बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । एमाले सांसद दिलकुमारी रावल थापाले आफूहरुले बाध्यताले संसद अवरोध गर्नु परेको बताइन् ।

सरकारमा रहेका दलका मान्छे समेत सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै थापाले उच्चस्तरीय छानबिन समिति आवश्यक रहेको बताइन् ।

सरकारले गर्ने छानबिनबाट सुन तस्करीको सत्यतथ्य आउन नसक्ने उनको भनाई थियो । बैठक अवरोध भएपछि बैठक साउन २४ गते बुधबार दिनको १ :०१ बजेसम्मका लागि स्थगित भएको छ ।



प्रतिक्रिया दिनुहोस !