१५ आश्विन २०८१, मंगलबार

अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी छ: न्यायाधीश सिन्हा

प्रकाशित मिति :  7 August, 2023 4:57 pm


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नु जरुरी रहेको बताएका छन् ।

सोमबार डा। रत्नबहादुर बागचन्दद्वारा लिखित ‘साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण’ नामक पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै उनले अदालतको दक्षता र क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताएका हुन् ।

उनले ज्ञान र सिपलाई पनि अभिवृद्धि गर्न जरुरी रहेको भन्दै ज्ञान र सिपमा प्रहरी र सरकारी वकिल भन्दापनि अदालत पछाडी रहेको बताए । सिन्हाले दशौँ वर्षदेखि अदालतले कुल बजेटको एक प्रतिशत बजेट पनि नपाउने गरेको भन्दै यसले दक्षता र क्षमता अभिवृद्धि गर्न नसकिएको बताएका छन् । दक्षता र क्षमताको बिकास गर्न र पूर्वाधार विकासका लागि बजेट माग गर्दा पनि पाउन नसकेको उनको भनाइ छ ।

न्यायाधीश सिन्हाले अदालतले न्यून बजेटमा उपलब्ध स्रोत र साधनमा काम गरिरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !