१५ आश्विन २०८१, मंगलबार

अर्काको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल दिने एक जना नियन्त्रणमा

प्रकाशित मिति :  7 August, 2023 6:27 pm


काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ गुर्जुधाराबाट अर्काको नामको चारपाङ्ग्रे सवारी साधनको ट्रायल दिंदै गरेका नक्कली परीक्षार्थीलाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले गुर्जुधारामा सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा दैलेखको महाबु गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय निरज पाठकको सट्टामा ट्रायल दिंदै गरेका ललितपुरको सातदोबाटो बस्ने कालीकोटको महावै गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय गगन शाहीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक चेकजाँच गर्दा पाठकको नागरिकतामा शाहीले फोटो टाँसेर ट्रायल परीक्षा दिएको पाइएको थियो । शाहीमाथी लिखत सम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरि प्रहरी वृत्त थानकोटबाट अनुसन्धान अगाडी बढाइएको छ ।

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तीलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !