१५ आश्विन २०८१, मंगलबार

स्याङ्जामा बस र माइक्रो ठोक्किँदा १३ जना घाइते

प्रकाशित मिति :  7 August, 2023 8:04 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा आज (साेमबार) बस र माइक्रो एक आपसमा ठोक्किँदा तेह्न जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ४ गौराथोकमा सोमबार बेलुका ५ः५० बजे बस र माइक्रो एक आपसमा ठोकिँदा तेह्र जना घाइते भएका हुन् ।

काठमाडौँबाट गल्याङतर्फ जादैँ गरेको बा ३ ख १००३ नम्बरको हाईस र सुनौलीबाट पोखरा तर्फ जादैँ गरेको  GJ05bx2323 नम्बरकाे भारतीस बस एक आपसमा ठक्कर खादा हाईसमा सवार १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

घाइते हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर २ बस्ने ३७ वर्षीय पवित्रा सोनाम, वडा नम्बर ९ बस्ने ५८ वर्षीय दुर्गा बहादुर गुरुङ ,२३ वर्षीय मुना गुरुङ, वडा नम्बर १३ बस्ने मन्जु एस के, वडा नम्बर ८ बस्ने ३५ वर्षीय सरीता रेग्मी, २३ वर्षीय सुमत्र थापा, भीरकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका वडा नम्बर १ बस्ने ६६ वर्षीय मनसुभा नेपाली, चापाकोट नगरपालिका वडा नम्बर ३ बस्ने ४७ वर्षीय बेद बहादुर थापा, वडा नम्बर ४ बस्ने ४० वर्षीय मिन बहादुर सारु, पर्वत बिहादी गाउँपालिका वडा नम्बर ४ बस्ने ७९ वर्षीय रुकमागत भुसाल र वडा नम्बर ६ बस्ने ५३ वर्षीय टेक बहादुर बस्याल रहेका छन् ।

त्यस्तै हाइस चालक डोटीको दिपायल सिलगढ़ी नगरपालिका घर भई गल्याङ नगरपालिका बस्ने ४० वर्षीय पुरन बोहोरा र सहचालकलाई उपचारको लागि पोखरा पठाइएको छ भने बाँकीको वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भारतीय बसमा सवारी ४८ जना भने सबै जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !