१५ आश्विन २०८१, मंगलबार

सङ्घीयताबारे नकारात्मक टिप्पणी नगरौं :मन्त्री मोदी

प्रकाशित मिति :  8 August, 2023 12:36 pm


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर सङ्घीयता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित अन्तरक्रियामा बोल्दै सङ्घीय मामिला मन्त्री मोदीले प्रदेश सरकार वा स्थानीय सरकारले काम गर्ने शिलशिलामा भएका कमजोरीले सङ्घीयता कमजोर नहुने बताएका हुन् ।

व्यवस्था र परिस्थिति सबै नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक रहेको मन्त्री मोदीको भनाइ छ । केहि व्यक्ति र समूह संगठित रूपमा साना-साना कमजोरीलाई देखाएर व्यवस्था कमजोर बनाउन लागि परेको पनि बताए । पछिल्लो समयमा केही राजनैतिक पूर्वाग्रह राख्ने व्यक्तिहरूले प्रधानमन्त्रीलाई पनि मुछ्ने प्रयास गरेको र स्थानीय तह, प्रदेश र संघको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भैसकेकोले विगतको अनुभव र कमजोरीहरू अहिलेको लागि मार्गदर्शक हुने भएकोले नकारात्मक टिप्पणी नगर्न आग्रह गरेको छन् ।

नेपालमा कार्यान्वयनको चरणमा रहेको संघीय शासन व्यवस्था बिस्तारै स्थिर र स्थायित्व हुदैँ गएको उनले बताए । यसलाई सबैले मिलेर सहयोग गर्न आग्रह समेत गरेका छन् । संघीयता कार्यान्वयन र अभ्यासको पहिलो पाँच वर्ष संक्रमणकाल जस्तै भएकाले उल्लेख्य केहि ‘नदेखिएको भए पनि केहि नै नभएको भन्न नहुने मन्त्रि मोदीले बताए ।



प्रतिक्रिया दिनुहोस !