१५ आश्विन २०८१, मंगलबार

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाई प्रक्रिया सुरू

प्रकाशित मिति :  8 August, 2023 2:40 pm


काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उनीमाथि संसदीय सुनवाई प्रक्रिया सुरु भएको हो ।

गत साउन १८ गते बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । सोही सिफारिसमाथिको सुनुवाई प्रक्रियाका लागि १० दिने उजुरी आह्वान गर्ने निर्णय गरिएको समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले जानकारी दिए ।

हरिकृष्ण कार्की उमेरहदका कारण गत साउन २० गते नै प्रधानन्यायाधीशबाट अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्तीका लागि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाई प्रक्रिया सुरू गरिएको छ । संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेकाे छ ।



प्रतिक्रिया दिनुहोस !