१५ आश्विन २०८१, मंगलबार

रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस दुर्घटना, कम्तिमा ४ जनाको मृत्यु

प्रकाशित मिति :  8 August, 2023 2:58 pm


रोल्पा । रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ ।

आज दिउँसो दिउँसो १ बजेतिर त्रिवेणी गाउँपालिका-७ को तिला नजिकै भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको वडा अध्यक्ष भानबहादुर घर्तीले जानकारी दिए । वडा अध्यक्ष घर्तीले भने,“४ जनाको निधन भएको छ,अहिले पनि उद्दार जारी छ”

रोल्पा बागमाराबाट घोराही जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस सहिद मार्गअन्तर्गत सडकबाट खसेको हो । अहिले पनि उद्दार कार्य जारी रहेको वडा अध्यक्ष घर्तीले जानकारी दिए । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !