१५ आश्विन २०८१, मंगलबार

जनतामाथि डोजर चलाएर परियोजना बनाउन राज्यले दिनुहुन्न : अध्यक्ष राउत

प्रकाशित मिति :  8 August, 2023 5:20 pm


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा। चन्द्रकान्त राउतले जनता माथि डोजर चलाएर परियोजना बनाउन नहुने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष राउतले विद्युत उत्पादक व्यवसायीहरूसँग पैसा छ भन्दैमा जनतालाई पेलेर जलविद्युतका परियोजनाहरू बनाउन दिन नहुने बताएका हुन् । उनले सरकारले जनतालाई पेलेर जलविद्युत परियोजनाहरू निजी क्षेत्रलाई दिए सांसदहरूले नै अवरोध गर्ने बताए ।

उनले कुनै पनि विकास जनताको लागि गर्ने भएकाले जनताको पक्षमा हुनु पर्ने उल्लेख गरे । उनले विकास जनता र प्राकृतिक संरचना मास्ने गरी कुनै पनि परियोजनाहरू आउनु नहुने बताउँदै परियोजनाहरूको वातावरण परिक्षण मूल्यांकन गर्दा इमान्दारी पूर्वक गराउन आवश्यक रहेको बताए ।

उनले भने, “कुनै मन्त्रीलाई वा कसैलाई लाभ लिएर परियोजना पास गर्ने हो भने देशको लागि चुनौती हो । कुनै पनि परियोजना बनाएर ३० वर्ष पूरा भएर सरकारलाई बुझाएको अनुभव नै छैन । त्यसमा जनताले प्रयोग गर्ने गरी परियोजना रहन्छ वा रहँदैन भन्ने टुङ्गो छैन । मन्त्रालयहरूले ल्याउने ऐन असावधानि किसिमले ल्याउँछन र, निजी क्षेत्रको लाभको लागि मन्त्रालयहरूले सबै ऐन कानूनहरू खारेज गरेर संकट काल लगाउनु पर्ने रु संकटकाल लगाउने भनेको देशलाई नै खतरा भएको अवस्थामा मात्रै हो ।”

उनले व्यावसायीले खाेज्दैमा सबै कुरा राज्यले दिन नहुने बताउँदै जनता केही पनि हैन भन्ने भावनाले व्यवसायीमा लाग्नु नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !