१५ आश्विन २०८१, मंगलबार

छानविन समितिबारेको विवादमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव

प्रकाशित मिति :  8 August, 2023 5:42 pm


काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राखेका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताएका छन् ।

उनले छानविन समिति बनाउने र नबनाउने पक्षमा कुराहरू आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न उनले प्रस्ताव गरेका छन् । समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने बताए ।

उनले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानविन समिति बनाउनु आवश्यक भएको बताए ।

छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !