१५ आश्विन २०८१, मंगलबार
दुर्घटना

अपडेट : रोल्पामा भएको बस दुर्घटनामा एकै परिवारका २ सहित ४ जनाको मृत्यु,१९ जना घाइते

प्रकाशित मिति :  8 August, 2023 5:53 pm


रोल्पा । रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

आज दिउँसो सवा १ बजेतिर त्रिवेणी गाउँपालिका–७ तिला स्थित सहिद मार्ग सडकखण्डको रीचिगाँउ नजिकै ना ५ ख २६१२ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा माडी गाउँपालिकाका प्रकाश बाठा, गोर्खे डाँगी,उनकी श्रीमती हस्ता डाँगी, परिवर्तन गाउँपालिका –३ का भक्त बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइते हुनेमा माडी गाउँपालिका–६ का नबिन बुढा, त्रिवेणी गाउँपालिका–७ छम्पासुनारीका कमान सिंह सुनार, रोल्पा नगरपालिका –६ दार्बोटका कमान सिंह घर्ती, माडि गाउँपालिका,४ का मिलन डाँगी रहेका छन् ।

त्यस्तै माडी गाउँपालिका–६ कोर्चावाङका मुकेश पुन, माडि गाउँपालिका–२ घर्तिगाउँका जितेस बाठा, हिमानी घर्ती, ओल्सन घर्ती, माडी गाउँपालिका–४ की कविता खड्का, युस खड्का, मिना डाँगी, माडि गाउँपालिका वडा नं.–२ घर्तिगाउका तिरपना बाठा दुर्घटनामा घाइते भएका छन् ।

परिवर्तन गाउँपालिका–३ का खुम्बु बुढा, त्रिबेणी गाउँपालिका–२ नुबागाउँका पूर्णीमा बुढा, सुस्मिता बुढा, माडी गाउँपालिका –२ का बिर्जना घर्ती, कमल खड्का, रोल्पा उपमहानगरपालिका ६ दारबोट बस्ने बर्ष २४ को ईन्द कुमार घर्ती र दाङ घोराही उ.म.न.पा.१२ हापुरका हुमराज बस्नेत घाइते भएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !