१५ आश्विन २०८१, मंगलबार

रोल्पाको सुनछहरी गाउँपालिका-७ निसाना जंगलमा भेटिएको कंकाल अझै पहिचान भएन

प्रकाशित मिति :  8 August, 2023 6:22 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. ७ निसाना जंगलमा भेटिएको मानव कंकालको अझै पहिचान हुन सकेको छैन ।

यही साउन २० गते दिउँसो भेटिएको कंकालको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

निसाना जंगलमा व्यक्तिको लिङ्ग, नामथर उमेर वतन खुल्न नसकेको मानव कंकाल (अस्थिपञ्जर)को हात, खप्पर र छातीको भाग फेला परेको थियो ।

घटनास्थलको अनुसन्धानपछि मुचुल्का तयार गरी उक्त अस्थिपञ्जरको भाग पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लागिएको छ ।

प्रहरीले अनुसन्धान कार्य जारी रहेको र हालसम्म केही पनि पहिचान हुन नसकेकोले घटनास्थलबाट प्राप्त कपडाहरूबाट सनाखत गर्नका लागि सहयोग पु¥याउन फोटो सहितको विवरण राखिएको जनाएको छ ।

सम्बन्धित व्यक्तिहरूले जिल्ला प्रहरी कार्यालय रोल्पा वा मातहतका जुनसुकै प्रहरी ईकाइमा खबर गर्न सकिने वा १००, ९८५७८५२८५५, ९८५७८२२८५५ नम्बरमा सम्पर्क गर्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !