१५ आश्विन २०८१, मंगलबार
सुन तस्करी प्रकरण

सदनमा एमालेको अवरोध कायमै

प्रकाशित मिति :  8 August, 2023 7:08 pm


काठमाडौँ । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी भोली बुधबार एक बजेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि आजको बैठक स्थगित भएको हो । उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती गठन नभएसम्म विरोध जारी रहने बताए ।

उनले भने,“माननीय गृह मन्त्री ज्यूूले बोलिसकेपछि साउन २ गते देखि हामीले उठाइरहेका विषयका सन्दर्भमा उच्चस्तरीय छानविन समिति गठन गर्ने गरी उहाँले आफ्नो विषयलाई सम्बोधन गर्नुहुनेछ भनेर सरकारको तर्फबाट प्रतिवद्धता जनाउनुहुने भन्ने विश्वास थियो, धैर्यताका साथ हामीले उहाँका विषयबस्तुहरु सुन्यौं । तर, उहाँले बोलेका सबै अभिव्यक्तिहरु ८० प्रतिशत भन्दा बढि बाहिरका विषयहरू, राजनितिक प्रवचन दिनुभयो ।”

आफूहरू उठाएको विषयमा सरकार गम्भिर हुन नसकेको सचेतक बर्तौलाको भनाई थियो ।

उनले भने,“सरकार जबाफदेहीपूर्ण ढंगबाट प्रस्तुत हुन सकेन । सरकारको प्रभावमा सीआईबी राख्न खोजिएको छ । त्यसकारण स्वतन्त्र निष्पक्ष छानविन समितिको माग हामीले उठाएका हौं ।”

सरकारले प्रतिपक्षी दललाई दलाउन थकाउन खोजेको बर्तौलाले आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !