१५ आश्विन २०८१, मंगलबार

आफ्नो दायित्व पूरा गर्नबाट राज्य पन्छिन मिल्दैन :मन्त्री गुरुङ

प्रकाशित मिति :  9 August, 2023 11:19 am


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवासका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भुमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् । बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवासका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरू बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए । उनले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने बताए । उनले आदीवासी जनजातिहरूसँगै बसेर आदिवासी जनजातिका हकहितसम्बन्धी कानुन निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम गर्ने बताए ।

उनले भने, ‘आदिवासी जनजाति आयोगले विशेष ढंगबाट आफ्नो कार्यदिशाहरु निर्माण गर्दै, कार्ययोजनाहरु बनाउँदै, त्यसलाई कार्यान्वय गर्ने सन्दर्भमा सरकारको पूरा सहयोग रहनेछ । आगामी दिनमा नेपाल सरकारको तर्फबाट हामी र तपाईंहरु सबै सँगै बसेर आदिवासी जनजातिका सन्दर्भमा आगामी दिनमा गर्नुपर्ने कार्यलाई सँगै बसेर छलफल गरेर अघि बढाउनेछौँ’ ।

मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !