१५ आश्विन २०८१, मंगलबार

बोल्न नपाएको उपसभामुख रानाको गुनासो

प्रकाशित मिति :  9 August, 2023 11:53 am


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिइएको बताएकी हुन् । उपसभामुख रानाले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्,”संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधिसभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ रु त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो ५र६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर ।”

उनले आफू जनजातिकै छोरी भएका कारण बोल्न नदिएको हो?भन्दै प्रश्न समेत गरिन् । उनले अहिले प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाले बोल्न नपाएको गुनासो गरिन् ।

उपसभामुख रानाले देशमा शुसासन नभइ कुशासन रहेको दाबी गरिन् ।



प्रतिक्रिया दिनुहोस !