१५ आश्विन २०८१, मंगलबार

प्रतिनिधि सभामा एमालेको अवरोध कायमै,सुन प्रकरणलाई सरकारले ढाकछोप गर्न खोजेको आरोप

प्रकाशित मिति :  9 August, 2023 2:04 pm


काठमाडौँ । नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै एमालेले सदन लगातार अबरोध गर्दै आएको छ ।

आजको बैठक सुरु हुने वित्तिकै सांसद सूर्य थापाले सुन तस्करीको छानबिनमा सरकारले उदासिनता देखाएको आरोप लगाए । उनले भने,“साउन २ गते काठमाडौँंको सिनामंगलमा सवार भइरहेको एक क्विन्टल सुनको बारेमा छानबिनको बारेमा किन उदासिनता प्रकट गरेको छ । हामीले यो बारम्बार सभामुख महोदयमार्फत यो प्रश्न गर्दै आएका छौँ ?”

सांसद थापाले गृह मन्त्रीले हिजो सदनमा दिएको जवाफ तस्करी प्रकरणको तथ्यलाई धाकछोप गरेर तस्करीको संरक्षण गर्ने हिसाबले जवाफ आएको टिप्पणी गरे । उनले आफूहरूको विरोध कायमै रहेको बताए ।

आज २२ दिन वितिसक्दा पनि सत्तापक्षले सुन तस्करी प्रकरणको छानबिन गर्ने कुनै मनासय नदेखाएको सांसद थापाको आरोप थियो ।

सरकारले सुन छानबिनको जिम्मा सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिएको छ । एमालेले भने उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने माग राख्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !