१५ आश्विन २०८१, मंगलबार

सभापति पुनद्वारा रोल्पा बस दुर्घटनाका घाइतेसँग भेट

प्रकाशित मिति :  9 August, 2023 2:14 pm


दाङ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले रोल्पा बस दुर्घटनाका घाइतेलाई भेटेका छन् ।

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर सभापति पुनले उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । सभापति पुनले बिरामीको उपचारमा कुनै कमि नहुन दिन अस्पताल प्रमुखलाई आग्रह गरेका छन् ।

प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेलाई घाइतेहरूको उपचारमा सहजीकरण गर्न अनुरोध गर्दै सभापति पुनले केही समस्या परे थप सल्लाहसहित अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले घटनाको उद्धार, राहत र पुनःस्थापनमा सहयोग गर्ने सम्पूर्णमा आभार समेत व्यक्त गरेका छन् । रोल्पाबाट दाङको घोराही जाँदै गरेको बस हिजो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।



प्रतिक्रिया दिनुहोस !