जनमत पार्टीले जनायाे जनजातिको मागप्रति ऐक्यबद्धता
प्रकाशित मिति : 9 August, 2023 5:24 pm
काठमाडौँ । डा।चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ ।
विश्व आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो सो पार्टीका नेताहरुले काठमाडाैँको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरूले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।
आफनो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरूको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा।शरदसिंह यादवले बताए ।
कार्यक्रममा जनमत पार्टीका नेताहरूले संविधानमा उल्लेख गरिएका आदिवासीहरूको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरूको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गरे ।