१५ आश्विन २०८१, मंगलबार

पोखरा महानगर भित्रका विद्यालय तीन दिनको लागि बन्द

प्रकाशित मिति :  10 August, 2023 12:44 pm


काठमाडौं । पोखरा महानगर भित्रका विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।

महानगर भित्र आँखा पाक्ने रोगको सङ्क्रमण देखिएपछि बुधवारदेखि शुक्रवारसम्मका लागि विद्यालय बन्द गरिने भएको हो । जसअनुसार पोखरा महानगरभित्रका संस्थागत २४३ र सामुदायिक २०३ विद्यालय बन्द हुने छन् ।

महानगर प्रमुख धनराज आचार्यको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, शिक्षक अभिभावक संघ, नगर कमिटीका अध्यक्ष र शिक्षकहरूसँग भएको छलफलपछि विद्यालय बन्द गर्ने निर्णयमा महानगर पुगेको हो ।

शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जोखिम कम गर्न बर्खे, हिउँदे र स्थानीय बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय भएको बताए । बिदाको वेलाको सदुपयोग गर्दै बालबालिकालाई सङ्क्रमणबाट जोगाउन र आफुँहरु समेत जोगिन उनले अभिभावकहरूलाई आग्रहसमेत गरेका छन् ।

पोखरा क्षेत्रमा एक सातादेखि आँखा पाक्ने रोग कन्जन्टिभाइटिस तीव्र रूपमा फैलिएको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस !