१५ आश्विन २०८१, मंगलबार

कर्णाली बाहेकका प्रदेशमा हल्कादेखि भारी वर्षाकाे सम्भावना

प्रकाशित मिति :  11 August, 2023 8:08 am


काठमाडाैँ । शुक्रवार कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ। 

विभागका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

विभागकाे बुलेटिनमा भनिएकाे छ, “नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।”



प्रतिक्रिया दिनुहोस !