१५ आश्विन २०८१, मंगलबार

युवा नीति परिमार्जन हुँदैछ : मन्त्री लिम्बू

प्रकाशित मिति :  11 August, 2023 11:26 am


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले युवा नीति परिमार्जनका लागि काम अगाडि बढाइरहेको बताएका छन् ।

काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माईतीघरबाट आज शुरु भएको युवा पदयात्रामा सहभागी हुँदै मन्त्री लिम्बूले राष्ट्रिय युवा परिषद्को माध्यमबाट सरकारले युवा नीति परिमार्जन गर्न लागेको जानकारी दिए ।

उनले युवाहरूलाई कसरी बढी भन्दा बढी स्थान र भूमिका दिने भन्नेबारेमा नीति तयार भइरहेको र नीतिमा आवश्यक पर्ने सुझावहरू उपलब्ध गराउन आह्वान गरे । युवाहरूलाई देशको नेतृत्व गर्नका लागि तयार हुनपनि आह्वान गर्दै आफूलाई समयानकुल परिवर्तन गरी सबैलाई एकत्रित बनाइ देश विकास र देश निर्माणको संक्ल्प गर्न मन्त्री लिम्बूको आग्रह थियो ।

उनले भने,“राष्ट्रिय युवा परिषद्को माध्यमबाट युवा नीति परिमार्जन गर्नेकुरामा अघि बढेका छौँ । युवाहरुलाई कसरी स्थान दिने भन्नेमा मन्त्रालय अघि बढेको छ । युवाहरुले आगामी दिनमा अब यो देश हाँक्ने, यो देशको नेतृत्व गर्ने कुरा अब युवाहरुको काँधमा छ । त्यसैले समयानुकुल आफूलाई परिवर्तन गर्दे देश हाँक्न अब तयार हुनुस् ।”

मन्त्री लिम्बूले देश विकासका लागि साझा धारणा बनाएर अघि बढ्न आवश्यक रहेको भन्दै दिगो विकास लक्ष्य प्राप्तिका निमित्त जस्तोसुकै कठिन परिस्थितमा पनि मिलेर अघि बढ्न जरुरी देखिएको बताए ।

यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।



प्रतिक्रिया दिनुहोस !