७ मंसिर २०८१, शुक्रबार

मातातीर्थ औँशी विशेष कविताः आमाको महिमा

प्रकाशित मिति :  23 April, 2020 9:34 pm


आमा हुन् सृष्टिकी अपार महिमा सन्तान जन्माउने ।

ती नै सन्तति लाख सम्झँदै मनमा प्रेमले हुर्काउने ।।

भोको नाङ्गो शरीर तनमनको पिडा नै लुकाउने ।

रात दिन भोक निन्द्रा नभनी तिनमै बिलाई दिने ।।

छातीमा अगाध प्रेम ममता भरेर उठाउने ।

ताते ताते गर्दै हात तिनको समाई हिँडाउने ।।

खाना केवल पोषिलो  बल दिने दुग्धारा  पिलाउने ।

को खाई को खाई गर्दै खुःशी मनले गास गास खुवाउने ।।

नाना तिन्को फाट्यो कहीँ कतै भने सर्वाङ्ग दुःखाउने ।

देख्दामा मलिन अनुहार तिनको छाती नै जलाउने ।।

तिनकै खातिर जाग्राम त अनिदो बसेर बिताउने ।

आफ्नो हालत गयो कहाँ? भयो कति? होसै हराई दिने ।।

यस्तै दिन बिते, बिते घडीपला थाहै नपाईकन ।

आयो बज्र सरी चोट तनतनयमा आमा रहिनन् किन ?

    -शीता शर्मा 



प्रतिक्रिया दिनुहोस !