१५ आश्विन २०८१, मंगलबार

प्रतिपक्षी र सत्तापक्षका सांसदहरू एकैसाथ उठेपछि राष्ट्रियसभा बैठक स्थगित

प्रकाशित मिति :  11 August, 2023 1:01 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरोध कायम राखेको हो ।

बैठकको सुरूमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरूलाई दलिय आधारमा समसामयिक विषयमा बोल्नका लागि समय दिएका थिए । सो क्रममा सांसदहरूले आ–आफ्नो धारणा राखे । धारणा राख्नेक्रम सकिएपछि अध्यक्षले बैठकको कार्यसूचि अगाडी बढाउन खोज्दा प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसदहरू उभिएर बिरोध जनाएका थिए ।

अध्यक्षले बिरोध जनाउनुको कारणबारे बोल्नका लागि एमाले सांसद भैरवसुन्दर श्रेष्ठलाई समय दिएलगत्तै सत्तापक्षका सांसदहरू पनि उभिएर बैठक अवरोध गरेका थिए ।

दुवै पक्षका सांसदहरू उभिएर बिरोध जनाएपछि राष्ट्रिय सभा बैठक अगाडी बढाउन नसकिएको भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचीलाई अगाडी बढाउन नसकिएको जानकारी दिए ।

राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !