१५ आश्विन २०८१, मंगलबार

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबिचको सम्झौताप्रति जसपाको आपत्ति

प्रकाशित मिति :  11 August, 2023 4:07 pm


काठमाडाैँ । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबिच गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । 

जसपाले शुक्रवार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनगरी आफ्नो पार्टी र निर्दोष नागरिकहरुलाई फसाउने गरी सो सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । 

आफ्नो पार्टी र १३० जना भन्दा बढी नागरिकलाई फसाउने गरी गरिएको सो सम्झौताप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बताए। उनले सो सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनी समेत दिएकाे छ। 

प्रवक्ता सुमनले भने, “जनता समाजवादी पार्टी यस्ता झुटा मुद्दाबाट डराएको पनि छैन । तर यो मुद्दाको उठान जसरी गरिएको छ। अचानक २३ गते एउटा सम्झौता गरेर जसरी हामीलाई फसाउने अथवा जनता समाजवादी पार्टीका नेता मात्र होइन कि त्यहाँ १३० जना भन्दा बढी नाम छन् । उनीहरुलाई फसाउने जुन दुष्प्रयास गरिदैछ । त्योप्रति हामीले खेदप्रकट गरेका छौं ।”

राष्ट्रिय मानव अधिकार अधिकार, संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय, खिलराज रेग्मी नेतृत्वको सरकार, हरिप्रसाद सबै समितिहरुको प्रतिवेदनलाई गोप्य राखेर सरकारले बदनियतपूर्ण व्यवहार गरेकाे जसपाले जनाएकाे छ ।

जसपाले सो हत्याकाण्डमा  तत्कालिन  माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ । प्रवक्ता सुमनले राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरकार आफैँले गठन गरेको विभिन्न आयोगहरुले पनि सो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भएपनि सरकारले आफ्नो पार्टीप्रति प्रतिशोध राखेर गौर हत्याकाण्डका पीडितसँग साउन २३ गते सम्झौता गरेको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस !