१५ आश्विन २०८१, मंगलबार

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासर बन्यो अरब क्लव च्याम्पियन्स

प्रकाशित मिति :  13 August, 2023 12:04 pm


काठमाडौँ । कप्तान क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ ।

रोनाल्डोले दुई गोल गरेपछि शनिबार साउदी अरेबियाको रियादस्थित किङ फहद इन्टरनेशनल स्टेडियममा भएको फाइनलमा अल नासरले अल हिलाललाई २–१ ले पराजित गर्दै अरब क्लब च्याम्पियनसिप कपको उपाधि जितेको हो ।

सुरुदेखि नै अल हिलालको प्रभुत्वमा रहेको खेलमा नासरका लागि रोनाल्डो उद्धारकर्ता थिए, जसले ९८औं मिनेटमा व्याक्तिगत दोस्रो गोल गर्दै क्लबलाई उपाधी दिलाए ।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि ५१ औं मिनेटमा माइकलले गोलको खाता खोल्दै अल हिलाललाई हेडरमार्फत अग्रता दिलाएका थिए ।

७०औं मिनेटमा नासारका अदबुलेलाह अल आम्रीलाई रातो कार्ड दिएर बाहिरिएपछि रोनाल्डोले ७४ औं मिनेटमा बराबरी खेल्दै आफ्नो क्लास देखाएका थिए ।

खेल १-१ को स्कोरलाइनको साथ अतिरिक्त समयमा गयो । अल नासरको नेतृत्व गरेका उनै रोनाल्डोले अन्तत अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै क्लवलाई उपाधी मात्र दिलाएनन, डिसेम्बर २०२१ पछि पाँच खेलमा पहिलो पटक अल हिलाललाई पराजित समेत गर्‍यो।

रोनाल्डोको नेतृत्वमा रहेको नासरले अर्काे सिजनको पहिलो खेल सोमबार अल इटिफाकसँग खेल्नेछ।



प्रतिक्रिया दिनुहोस !