१५ आश्विन २०८१, मंगलबार

पार्टीको ध्यान सत्तातिर छैन : एमाले अध्यक्ष ओली

प्रकाशित मिति :  13 August, 2023 3:32 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको बताएका हुन् ।

सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह, सत्तालोलुप्तातिर लागेको भन्नेकुरा सत्य नभएको ओलीको स्पष्टीकरण थियो ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो पार्टीलाई अहिले सत्तातिर हेर्न आवश्यक नरहेको बताए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तातिर नहेरेपनि सरकारलाई जेपनि गर्न भने नदिने चेतावनी दिए ।

उनले भने,“यो एमाले सरकारमा जाने दाउ त होइन ? यो सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने खालको कुराहरू पनि आउन सक्छन् । तर नेकपा एमालेलाई सरकारमा रुचि होइन । चिन्ता सरकारको होइन, देशको हो चिन्ता । देशको अर्थतन्त्रको हो चिन्ता हो ।”



प्रतिक्रिया दिनुहोस !