१५ आश्विन २०८१, मंगलबार

माओवादी केन्द्रले सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलायो

प्रकाशित मिति :  13 August, 2023 6:40 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मोदीको ठाउँमा जनमत पार्टीकी अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने छिन् ।

मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित मोदी गत माघ ३ गते मात्रै मन्त्री बनेका थिए ।

सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि हुने निर्णय गरेपछि मोदीलाई माओवादी केन्द्रले फिर्ता बोलाएर मन्त्रालय खाली गरेको हो । संसदमा जनमत पार्टीका ६ सांसद छन् ।



प्रतिक्रिया दिनुहोस !