१५ आश्विन २०८१, मंगलबार

नेकपा एसका अध्यक्ष नेपाल आज स्वदेश फर्कँदै

प्रकाशित मिति :  14 August, 2023 9:19 am


काठमाडाैँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फर्कँदैछन् । भदौ १ गतेसम्मका लागि विदेशका कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष नेपाल आफ्नो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका हुन ।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार अध्यक्ष नेपाल आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने छन् ।

एक साताअघि युरोपमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गएका अध्यक्ष नेपाल ललिता निवास प्रकरणमा छानबिनको दायरामा परेपछि अचानक स्वदेश फर्कने निर्णयमा पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस !