१५ आश्विन २०८१, मंगलबार

युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री नेपाल, भने,‘ललिता निवास जग्गा प्रकरणमा मेरो संलग्नता छैन

प्रकाशित मिति :  14 August, 2023 11:33 am


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल युरोप भ्रमण छोट्टाएर स्वदेश फर्किएका छन् ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएका नेपाल भ्रमण छोटएर नेपाल फर्किएका हुन् ।

आज स्वदेश फर्किएका नेपाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे ।

आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिई कानूनसम्मत ढंगले छुट्याएर काम गरेको बताए ।

अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमले आफू भागेको भ्रम फैलाएको आरोप लगाए ।

उनले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्नेकुराले नभाग्ने बताए । अध्यक्ष नेपालले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने बताए ।

उनले भने,“कागताली कस्तो पर्‍यो भने म जानुभन्दा एकदिन पहिला सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ । त्यो निर्णय भित्र ललितानिवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अघि बढाउनु भनेर लेखिएको थियो । त्यसमा कता कता म प्रधानमन्त्री भएको बेलामा पनि जग्गा सम्बन्धी निर्णय भएका थिए । कसैकसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे । माधव नेपाल माग्ने खालको मान्छे होइन भन्नेकुरा बुझ्नुपर्दथ्यो ।”

अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युकेलगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किएका थिए तर साउन २१ गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय डा.बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो ।

सोही प्रसंगपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वनिर्धारित कार्यक्रमअनुसार विदेश भ्रमणमा भएको अध्यक्ष नेपालको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !