१५ आश्विन २०८१, मंगलबार

नेप्से परिसूचक ३ अंकले घट्यो

प्रकाशित मिति :  14 August, 2023 4:25 pm


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७.२४ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले बढेर ३९८.१३ अंकमा पुगेको छ ।

सोमबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।
आज नेप्सेमा कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड २४ लाख ४१ हजार ९ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको दिन नेप्सेमा थ्रि स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन सिद्धार्थ प्रिमियम इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४६ अंकलेृ घटेको छ ।
कुल २७९ कम्पनीको ५४ लाख १७ हजार ९ सय २८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजार ६ सय ३८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !