१५ आश्विन २०८१, मंगलबार

पुरानै गतिमा काम गरेर पुग्दैन : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  14 August, 2023 6:49 pm


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन कामय गर्न मुलुकमा हुने भ्रष्टाचार,दण्डहीनता,ठगि र अपराध बिरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष २०७९/०८० को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा आज बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार,दण्डहिनता,ठगि र अपराध बिरुद्धको अभियानहरुलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको बताए ।

मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व शर्तको रुपमा लिए भ्रष्टाचार,दण्डहिनता,ठगि अपराध बिरुद्धमा कोही पनि निर्दोष नफसुन् र दोषी नउम्किउन भन्ने हिसाबले काम गरिरहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।

उनले भने,“मुलुकका जनताले स्वतन्त्रतापूर्वक जीवन बाच्ने वातावरण बनाउने र अपराधी,भ्रष्ट,ठग,तस्कर र अनियमितता गर्नेहरूलाई कानूनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको छ ।”

पुरानै गतिमा काम गरेर नपुग्ने निस्कर्ष सरकार रहेको गृहमन्त्री श्रेष्ठको भनाई थियो । उनले मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भएपनि पर्याप्त नभएको बताए ।

अर्थतन्त्रका तत्कालिन समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याएर मात्रै समृद्धिको यात्रा तय गर्न सकिने विषयमा सरकार गम्भिर भएर काम गरिरहेको बताए ।

मुलुकले हासिल गरेको राजनीतिक परिर्वतनलाई रक्षा गर्नेकुरा राजनीतिक रुपमा लोकतन्त्रको रक्षा गरेर मात्रै नपुग्ने विषयमा सरकार जानकार रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !