८ मंसिर २०८१, शनिबार

सुन तस्करी प्रकरणः छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय

प्रकाशित मिति :  14 August, 2023 9:24 pm


काठमाडाैँ । सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ। सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए।

पाण्डेले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च्चस्तरीय छानबिन समितिको माग गरेको र उच्चस्तरीय आयोगको माग गर्नु अहिले भइरहेको अनुसन्धानमा अवरोध पु-याउनु भएको गठबन्धनको ठहर रहेको जानकारी गराए।

वैठकमा सय किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रसंगमा पनि छलफल भएको थियाे । छलफलमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने र बाँकी अनुसन्धान जारी रहेको कुरा राखेकाे पाण्डेले बताए।

बैठकमा गौर हत्याकाण्डका बारेमा जन्ता समाजवादी पार्टीले गठबन्धनबाट आफूलाई निशाना बनाउने काम भए गठबन्धन छोड्ने चेतावनी दिएकाे छ । 

“उच्चस्तरीय आयोग माग्नु भनेको अहिले भइरहेको छानबिनमा अवरोध गर्नु हो, यो केसलाई अवरोध गर्नु भन्नुखालको सहमति भयो,” पाण्डेले भने, “पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ ।” 



प्रतिक्रिया दिनुहोस !