९ मंसिर २०८१, आइतबार

मंगलवार भारी वर्षा नहुने, चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

प्रकाशित मिति :  15 August, 2023 7:31 am


काठमाडाैँ । मंगलवार भारी वर्षाकाे सम्भाावना नरहेकाे जल तथा माैसम पूर्वानुमान विभागले जनाएकाे छ । 

विभागले प्रकाशन गरेकाे माैसम पूर्मानुमान बुलेटिनका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप भने हुन सक्नेछ।

जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ।



प्रतिक्रिया दिनुहोस !