तस्करीको सुन गालेर सकियो, वास्तविक तौल केहीबेरमा सार्वजनिक गरिने
काठमाडौं । त्रिभुवन अन्तर्रष्टिय विमानस्थलमार्फत मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको अवैद्य सुन गालेर सकिएको टक्सार महाशाखाले जनाएको छ ।
मंगलबार विहान १० बजेबाट गाल्न सुरु गरिएको सुनको तौल केहिबेरपछि सार्वजनिक गर्ने महाशाखका प्रमुख थानेश्वर आचार्यले बताए ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।
यही साउन ३ गते भन्सार जाँचपास भएर सिनामंगलको पु¥याएको ब्रेक सु सहितको १५५ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।
टक्सार महाशाखाअनुसार हिजो ब्रेक सु बाट छुट्याइएको सुनको ६० किलो सात सय ८९ ग्राम तौल रहेको थियो । आज गालेपछि सुनको मात्रा अझै घट्नसक्ने हुनाले केहिबेरमा वास्तविक तौल सार्वजनिक गरिने आचार्यले बताए ।
सुन तस्बरी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।