१५ आश्विन २०८१, मंगलबार

काठमाडौँमा भारतीय दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

प्रकाशित मिति :  15 August, 2023 3:04 pm


काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औँ स्वतन्त्रता दिवस मनाएको छ । मंगलवार काठमाडौँस्थित भारतीय राजदूतावासमा ७७ औँ स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झन्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, सङ्गीत र नाच प्रस्तुत गरिएको थियो ।

स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू पनि वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रूपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए । उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने सङ्कल्प लिएको बताए ।

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरूको सम्मानका लागि भारतीय राजदूतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !