१५ आश्विन २०८१, मंगलबार

तस्करीको सुनको वाास्तविक तौल ६० केजी मात्रै

प्रकाशित मिति :  15 August, 2023 3:31 pm


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैद्यरुपमा भित्रिएको सुनको वास्तविक तौल मापन भएको छ ।

मंगलबार राष्ट्र बैंकको टक्सार महाशाखामा सुन गालेर तौलिदा वास्तविक तौल ६० किलो ७ सय १६ ग्राम रहेको महाशाखा प्रमुख थानेश्वर आचार्यले बताए ।

टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालेर सुन जोखिएको थियो । महाशाखाका प्रमुख आचार्यले ब्रेक सुबाट छुट्याएर जोख्दा ६० केजी ७१६ ग्राम परिमाण पाइएको जानकाकरी दिए ।

साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।

आचार्यका अनुसार अब सुनको गुणस्तर र आर्थिक परीक्षणको काम सुरु हुनेछ ।

यहि साउन ३ गते भन्सार जाँचपास भएर सिनामंगल पु¥याएको ब्रेक सु सहितको १५५ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !