१५ आश्विन २०८१, मंगलबार

इटालीमा बढे अन्तर्राष्ट्रिय पर्यटक, रेकर्ड कायम गर्ने अपेक्षा

प्रकाशित मिति :  16 August, 2023 11:10 am


काठमाडौँ । इटालीको परम्परागत गर्मी मौसममा दिइने फेरागोस्टो बिदा मंगलबारबाट शुरु भएको छ ।

बिदाको शुरुवाती दिन मंगलबार इटालीमा पर्यटकहरूको रेकर्ड ब्रेक भएको बताइएको छ । कोरोना भाइरसका कारण धर्मराएको इटालीको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किन लागेको हो ।

यस वर्ष इटालीमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या धेरै हुने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ मा ९६ मिलियन पर्यटकहरूले इटालीको भ्रमण गरेका थिए । यो हालसम्मकै उच्च संख्या थियो । तर यस वर्ष भने सो संख्या भन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

इटालीको नेशनल इन्स्टिच्युट अफ स्ट्याटिस्टिक्सको हालै मात्र सार्वजनिक तथ्यांकका अनुसार दोस्रो त्रैमासिकमा इटालियन अर्थव्यवस्थामा ०।३ प्रतिशतको गिरावट आएको छ । तर जुलाईमा भने गत वर्षको तुलनामा ५।९ प्रतिशत धेरैले वृद्धि भएको बताइएको छ ।

अहिले पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै आर्थिक गतिविधि पनि वृद्धि हुँदै गएको स्थानीय अधिकारीहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !