१५ आश्विन २०८१, मंगलबार

अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधान’ कार्यक्रम अघि बढाइने

प्रकाशित मिति :  16 August, 2023 1:36 pm


काठमाडौँ । इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरू अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ ।

मंगलवार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउदबीचको भेटमा अरबियन मुलुकको समस्या समाधानका लागि एकजुट भएर अघि बढ्नुपर्ने बारेमा छलफल भएको हो ।

बैठकमा सुडान, लिबिया, यमन र सिरियाको द्वन्द्व लगायत क्षेत्रीय मुद्दाहरुमा छलफल भएको थियो । छलफलले साउदी र इजिप्टबीचको सम्बन्ध बिस्तार गर्ने र अन्य अरबियन मुलुकको सम्बन्ध पनि बिस्तार गर्दै जानेमा छलफल भएको बताइएको छ ।

दुई मन्त्रीहरूले अरब राष्ट्रिय सुरक्षाको समाधानका लागि ‘अरब समाधन’ काईक्रममार्फत विभिन्न क्षेत्रीय समस्याहरूको सामना गर्न संयुक्त अरब कार्य र एकताको रुपरेखालाई अघि बढाउने आवश्यकतामा जोड दिएका छन् । भेटमा प्यालेस्टाइन—इजरायली द्वन्द्वको न्यायसंगत समाधानको लागि छलफल भएको छ । बैठकमा सिरियाका विदेशमन्त्री फैसल मेकदाद पनि सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !