१५ आश्विन २०८१, मंगलबार

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  16 August, 2023 2:36 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले अध्यक्ष एवम् प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधवार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधका बारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्। यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पनि बोलाएर पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राखेका थिए।



प्रतिक्रिया दिनुहोस !