१५ आश्विन २०८१, मंगलबार

सामाजिक सुरक्षाका योजनालाई परिमार्जित र विस्तार गर्दै लैजानुपर्छः मन्त्री भण्डारी

प्रकाशित मिति :  16 August, 2023 3:03 pm


काठमाडाैैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरूलाई पनि बढाएर लगिने बताएका छन् ।

बुधबार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदाहरूलाई पनि बढाएर लगिने बताएका हुन् ।

उनले नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनाहरूलाई परिमार्जन र विस्तार गर्नुपर्ने र आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थाहरूमा सरकार काम गरिरहेको उल्लेख गरे ।

मन्त्री भण्डारीले न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड लगायतका कामहरू अहिले भइरहेको जानकारी दिए ।

मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरू, श्रम बजारका नयाँ क्षेत्रहरूसम्म बिस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरू स्थापना भइरहेका बताए ।



प्रतिक्रिया दिनुहोस !