१५ आश्विन २०८१, मंगलबार

सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ : उपाध्यक्ष श्रेष्ठ

प्रकाशित मिति :  16 August, 2023 4:39 pm


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताएका छन् ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौँमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताएका हुन् ।

उनले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भूमिका अग्रणी रहने बताए । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको बताए ।

उनले दिगो विकासका लक्ष्य प्राप्तीका लागि संस्थागत रुपमा संयन्त्र बनाएको पनि बताए । उनले सरकारले उत्पादन, रोजगार, कृषी र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

डा।श्रेष्ठले भने,‘दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार कटिबद्ध भएर लागिरहेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहन्छ । नेपालले स्रोतको अधिकतम परिचालन गरिरहेको छ । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको छ ।’

उनले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको समेत बताए । ‘संघ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम र नीतिमा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिक रुपमा समावेश गरिएको छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्र पनि बनाएका छौँ । प्रधानमन्त्रीको नेतृत्वमा स्टेयरिङ कमिटी छ । मेरो नेतृत्वमा समन्वय र कार्यान्वयन कमिटी बनेको छ र संसदमा पनि दिगो विकास समिति छ । आर्थिक क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकेका छैनौं । हाम्रो ध्यान उत्पादन र उत्पादकत्वमा छ ।’

उपाध्यक्ष श्रेष्ठले चालु १५ औं योजनाले गुणस्तरीय शिक्षा, मजबुत स्वास्थ्य सेवा प्रणाली, भौतिक संरचना, सामाजिक सशक्तीकरण,समावेशीकरण, सामाजिक सुरक्षालाई जोड दिइएको र १६ औं योजना बनाउँदा संरचनात्मक रुपान्तरणलाई ध्यान दिने बताए ।



प्रतिक्रिया दिनुहोस !