१५ आश्विन २०८१, मंगलबार

सिरियामा इन्धनको मूल्य बढेपछि कर्मचारीको तलब वृद्धि गर्न राष्ट्रपतिको आदेश

प्रकाशित मिति :  17 August, 2023 11:04 am


काठमाडौँ । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेपछि सबै कर्मचारीहरूको तलब बढाउन आदेश दिएका छन् ।

मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरूको तलब बढाउन आदेश दिएका हुन् ।
राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरूका लागि सन् २०११ पछि नवौं पटक तलब वृद्धि भएको हो । अहिले देशको आर्थिक अवस्था संकटमा छ । यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो ।

सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीका लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।

इन्धनको मूल्यवृद्धिका कारण बुधबार धेरै बस चालकहरू काममा नगएपछि सडकमा यात्रुहरू अलपत्र परेका थिए । इन्धनको मूल्यवृद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ । खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।



प्रतिक्रिया दिनुहोस !