१५ आश्विन २०८१, मंगलबार

लिबियामा सशस्त्र झडप : २७ जनाको मृत्यु, सयभन्दा बढी घाइते

प्रकाशित मिति :  17 August, 2023 11:33 am


काठमाडाैँ । लिबियाको राजधानी त्रिपोलीमा सशस्त्र झडपमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । बुधबार भएको झडपमा परी २७ जनाको मृत्यु भएसँगै अरब लिग (एएल) ले चिन्ता व्यक्त गरेको छ ।

एएलले सहरमा तत्काल हिंसा अन्त्य गर्नसमेत आग्रह गरेको छ । सो झडपमा अन्य सयभन्दा बढी मानिस घाइते भएको बताइएको छ । अन्य २३४ मानिसहरूलाई झडप भएको स्थानबाट सुरक्षित स्थानान्तरण गरिएको थियो ।

अहिले घाइतेहरूको उपचारका लागि आपत्कालीन स्थान निर्माण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !