१५ आश्विन २०८१, मंगलबार

आजदेखि प्रिमियममा आइपीओ जारी गर्दै सन लाइफ इन्स्योरेन्स

प्रकाशित मिति :  17 August, 2023 12:59 pm


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि सर्वसाधारणको लागि प्रिमियममा साधारण सेयर आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज साउन ३२ गतेदेखि ७६ लाख ८० हजार कित्ता सेयर आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा आफ्नो चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ।

बाँकी रहेको मध्ये ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ।

अब सर्वसाधारणलाई बाँकी रहेको ७६ लाख ८० हजार कित्ता खुल्ने भएको हो। सेयर निष्काशन गरेको छ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले भदौ ४ गतेसम्म आवेदन दिन सक्ने छन्।

कम्पनीले उत्त२m आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लागि नेपाल एसबिआई मर्चेन्टलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !