१५ आश्विन २०८१, मंगलबार

टर्कीको इस्तानाबुलमा पानीको हाहाकार, बचत गर्न सरकारको आग्रह

प्रकाशित मिति :  17 August, 2023 1:26 pm


काठमाडौँ । टर्कीको ठूलो सहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका लागि पानी बचत गर्न आह्वान गरेका छन्।

बुधबार नागरिकहरूलाई सुख्खायामका कारण पानी अभाव भएको भन्दै बचत गरी भविष्यमा आउनसक्ने समस्या समाधान गर्न आह्वान गरेका हुन्।

इस्तानाबुललाई पानी आपूर्ति गर्ने १० वटा बाँध भण्डारण दर गत वर्षको अगस्टमा ६१।८७ प्रतिशत थियो। जुन हालको भन्दा झन्डै दोब्बर हो।

अहिले घटेर पानी जम्मा ३३।३७ प्रतिशत मात्रै जम्मा भएको छ। इस्तानाबुल वाटर एण्ड सिवरेज एडमिनिस्ट्रेशन (आइएसकेआई)को आधिकारिक तथ्यांकअनुसार हाल पानी विगतको वर्षमा भन्दा झन्डै आधाले कम जम्मा भएको छ।

सहरका लगभग १६ मिलियन नागरिकहरूलाई आइएसकेआईले पानी बचत गर्ने उपायहरूको सूचीसमेत सिफारिस गरेको छ।

जसमा बिग्रिएका धाराबाट पानी खेर जान नदिन मर्मत गर्ने, शौचालयमा कम पानी प्रयोग गर्ने र सवारी साधन बाल्टीमा पानी राखेर सफा गर्ने लगायत उपायहरु सुझाएको छ।

जसले गर्दा प्रत्येक व्यक्तिले प्रत्येक वर्ष क्रमशः ६ देखि १६ टनसम्म पानी वचत गर्नसक्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !