१५ आश्विन २०८१, मंगलबार

नेप्सेमा ८ अंकको वृद्धि, सोल्टी होटलमा भुम्मिए लगानीकर्ता

प्रकाशित मिति :  17 August, 2023 3:45 pm


काठमाडौं । साताको कारोबारको अन्तिम दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ अंकमा पुगेको छ ।

नप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये एउटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी सबै उपसमुहको सेयरमूल्य बढेको छ ।
नेप्सेमा बिहीबार सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १३ करोड ७१ लाख ५ हजार ६ सय ४६ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम –२ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । उक्त फण्डको मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
आज लक्ष्मि इक्यूटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४३ प्रतिशतले घटेको छ ।
कुल २७१ कम्पनीको ४० लाख ९ हजार २ सय ६३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३ सय ९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !