१५ आश्विन २०८१, मंगलबार

नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

प्रकाशित मिति :  18 August, 2023 6:54 am


काठमाडाैँ । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पु-याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताएका छन्। 

बिहीवार काठमाडौंमा आयोजित थाइल्याण्डमा नेपालीहरुको इतिहास लोकर्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपाल र थाइल्याण्डबीच सबैकुरा समान भएको तर राजसंस्था नेपालमा नभएको चर्चा गर्दे क्रममा यस्ताे बताएका हुन्।

अब नेपालमा आउने राजा नेपाली माथि दण्ड बजार्ने, शासन गर्ने नभइ नेपालका विविध समुदायबिचको समन्वय कायम गराउने कार्यतत्वको रुपमा राजा आउनसक्ने उनकाे भनाइ छ । नेपालमा राजा आएसँगै नेपाल र थाइल्याण्ड पुनः सबै किसिमबाट समान हुने धारणा राखे।

गुरूङले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा नेपालीले मान्छे बेचेर खाने गरेको भन्दै चिन्ता व्यक्त गरे । उले भने, “बौद्ध धर्म, भगवान शाक्यमुनि, राम सीता, रामायाण संस्कृति नेपालको पनि त्यही हो र थाइल्याण्डको पनि त्यही हो । थाइल्याण्डमा राजतन्त्र छ, नेपालमा राजतन्त्र छैन फरक त्यत्ति हो । तर यदी राजाले बुद्धि पु-याउन सक्यो भने, हु इज हु भन्ने मान्छे चिन्न सक्यो भने नेपालीहरुको पनि चेत खुल्यो भने नेपालमा फेरि पनि राजतन्त्र फर्किन सक्छ ।”

कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेत्री मिथिला शर्माले गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्ने बताइन्। उनल नेपालीहरुले जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्ने अवस्था रहीरहनु पर्नेमा जाेड दिइन्। 

उनले भनिन्, “‘गीत, संगीत र भाषाको माध्यमबाट एकअर्कालाई जोडेर सम्पूर्ण संसारभरका नेपालीहरुको एउटा माला बन्नुपर्छ । जहाँ गएपनि गर्वका साथ म नेपाली हुँ भन्न सक्नुपर्छ ।” नेपाली जातिलाई जोगाइराख्ने दायित्व सबै नेपालीहरुको भएको शर्माकाे भनाइ छ।



प्रतिक्रिया दिनुहोस !