१५ आश्विन २०८१, मंगलबार

काेशी र गण्डकीका केही स्थानमा भारी वर्षा हुने, बाँकीमा सामान्य पानी पर्न सक्ने

प्रकाशित मिति :  18 August, 2023 7:01 am


काठमाडाैँ । देशको पहाडी भू-भागको  केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको जल तथा माैसम पूर्मानुमान विभागले जनाएकाे छ । 

विभागका अनुसार कोशी र गण्डकी  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ।



प्रतिक्रिया दिनुहोस !