१५ आश्विन २०८१, मंगलबार

इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम

प्रकाशित मिति :  18 August, 2023 11:19 am


काठमाडौँ । बैंक अफ इटलीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ ।

बुधवार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटलीले देशको सार्वजनिक ऋण २।८४३ ट्रिलियन युरो (३।०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो ।

गत महिनाको तुलनामा यो संख्या २७।८ बिलियन युरोले बढेको हो । सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो । तर यस वर्ष इटलीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ । ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो ।

गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२।३ बिलियन युरोले बढेको बैंकले जनाएको छ । इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४।७ प्रतिशत थियो ।



प्रतिक्रिया दिनुहोस !